मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

चितवन खबर पोष्ट

तनहुँको आँबुखैरहनीस्थित ऐना पहराबाट मर्स्याङ्दी नदीमा बस खस्दा २७ जनाको मृत्यु

  • A
  • A+
  • A++

चितवन । तनहुँको आँबुखैरेनी गाउँपलिका–२ ऐनापहरामा भएको यात्रु बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपि ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस सडकबाट अन्दाजी दुई सय मिटर तल मर्स्याङ्दी नदीमा खस्दा १६ जना घाइते भएका छन् ।

विज्ञापन १

घाइतेमध्ये १६ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ । उनीहरुको महारागन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । प्रहरीका अनुसार सो बसमा चालक र सहचालकसहित ४३ यात्रु सवार थिए ।

विज्ञापन २

पन्ध्र महिला र ११ पुरुष गरी २६ जनाको आँबुखैरेनी अस्पतालमा र एक बालकको चितवनस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया