मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

देश-प्रदेश खबर पोष्ट

उत्तराखण्ड पहिरोमा मृत्यु भएका माडीका ३ जना मजदुरहरुको शवको पोष्टमार्टम सकियो, नेपाल आउँदै

  • A
  • A+
  • A++

चितवन । भारतको उत्तराखण्डमा गएको पहिरोमा मृत्यु भएका माडीका ३ जना मजदुरहरुको शवको पोष्टमार्टम सकिएर नेपाल आउने क्रममा रहेको छ ।

विज्ञापन १

उत्तराखण्डको रुद्रप्रयागमा पेट्रोल पम्प र बाटो निर्माण मजदुरका रुपका काम गरिआएका माडी-२ सितलपुरका अन्दाजी ५८ बर्षका तुलबहादुर दमै, माडी-१, भङ्गताका अन्दाजी २६ बर्षका कृष्ण बहादुर परियार र माडी-५, छरछरेका अन्दाजी २८ बर्षका पूणर् बहादुर नेपालीको शवको पोष्टमार्टम सकिई एम्बुलेन्समार्फत नेपाल आउने क्रममा रहेको हो ।

विज्ञापन २

तीनैजनाको शव एउटै एम्बुलेन्समा राखी नेपाल ल्याउँदै गरेको र शनिवार साँझसम्म माडी आइपुग्ने मृतकका छिमेकी मिलन पौडेलले जनाउनुभयो । शुक्रबार भारी वर्षापछि राती करीब १:३० बजे उत्तराखण्डस्थित फान्टा हेलिप्याड नजिकै भग्नावशेषमा पुरिएर माडीका ३ सहित ४ नेपालीको मृत्यु भएको थियो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया