मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

चितवन खबर पोष्ट

चितवन राष्ट्रिय निकुञ्जभित्र बनकट्टा कसरा सडक खण्डमा फालिएका प्लास्टिकजन्य पदार्थ सरसफाई

  • A
  • A+
  • A++

चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र बनकट्टा कसरा सडक खण्डमा फालिएका प्लास्टिकजन्य पदार्थ सरसफाई गरिएको छ ।

विज्ञापन १

पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिको आयोजना तथा बनकट्टा रेन्ज पोस्टको सहकार्यमा निकुञ्जको सुविधा प्राप्त बाटो रिउ खोला पुलदेखि कसरा पोलगेट सम्मको बाटोको दायाँबायाँ पलास्टीकजन्य फोहोर संकलन गरिएको हो ।

विज्ञापन २

पाँचपाण्डव उपभोक्ता समितिका पदाधिकारी, माडी नगरपालिका वडा नं.१ का वडाध्यक्ष सहित प्रतिनिधिहरु, नेपाली सेनाको गोरख गण, सशस्त्र प्रहरी बल नेपाल, प्रहरी चौकी बरुवाको टोली, मध्यवर्ती सामुदायिक वनका प्रतिनिधि, समुदायमा आधारित चोरी शिकार नियन्त्रण ईकाईका प्रतिनिधि लगायत स्थानीय युवाहरुको समेत करीब ८० जनाको सहभागितामा सरसफाई गरिएको पाँचपाण्डव उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त सापकोटाले जानकारी दिनुभयो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया