माडी, चितवन । माडीमा जारी २९औं स्टार कप फुटबलमा भरतपुर-९ फुटबल क्लबलाई पराजित गर्दै प्याराडाइज युवा क्लब रत्ननगर सेमीफाइनल प्रवेश गरेको छ ।
शुक्रबार सम्पन्न पहिलो क्वार्टरफाइनलमा प्याराडाइजले भरतपुर-९ लाई ५-१ को फराकिलो गोल अन्तरबाट पाखा लगाएको हो । खेलको म्यान अफ द म्याच, प्याराडाइजका आदित्य शाक्य (जर्सी नं. ९) घोषित हुनुभयो ।
त्यसैगरी खेलको फ्यान अफ द म्याच माडी-२, चिरौली निवासी बर्ष ८१ का बिक्रम महतो घोषित हुनुभएको छ । प्रतियोगिताको दोश्रो क्वार्टरफाइनलमा शनिवार (भोलि) सुर्यपुर फुटबल क्लब कालीका १ र पेन्गुइन भरतपुर – २४ युवा तथा खेलकूद विकास समिति भिँड्ने समिकरण बनेको छ ।
स्टार स्पोर्ट् युवा क्लबको आयोजनामा सञ्चालित सो प्रतियोगिताको मुख्य प्रायोजक गोल्डेन एमिनेन्ट इन्टरनेशनल र सहप्रायोजक नारायणी सामुदायिक हस्पिटल तथा प्रवद्र्धकमा माडी-१ वडा कार्यालय रहेको छ भने अफिसियल मिडिया स्वदेश एफ.एम. र स्वदेशपोष्ट अनलाइन रहेका छन् ।