शनिबार, मङि्सर २२, २०८१
शनिबार, मङि्सर २२, २०८१

कला-साहित्य पोष्ट

माडीका साहित्यसर्जक विपिन पाठकको पहिलो कवितासंग्रह ‘मरुभूमिमा वासन्ती याम’ लोकार्पित

  • A
  • A+
  • A++

माडी, चितवन । माडी साहित्य परिवारका सचिव एवं विपिन पाठकको पहिलो कवितासंग्रह ‘मरुभूमिमा वासन्ती याम’ लोकार्पण भएको छ ।

विज्ञापन १

माडीको नयाँ पर्यटकीय गन्तव्यस्थलका रुपमा चर्चित रेडहिल पार्क (रातोमाटे डाँडा)मा चितवन, मनवानपुर र नवलपरासीका साहित्यसर्जक एवं सहभागीहरुले सामुहिक रुपमा पुस्तक लोकार्पण गरेका हुन् ।

विज्ञापन २

माडी साहित्य परिवारका अध्यक्ष चन्द्रमणि महतोको अध्यक्षता र माडी नगरप्रमुख ताराकुमारी काजी महतोको प्रमुख आतिथ्य तथा कवि पाठकका बुबाआमा बालकृष्ण पाठक र पार्वती पाठक एवं कवि भूपिनको विशिष्ट आतित्थ्यमा करीब २५० जनाको सहभागिताबिच सो पुस्तकको लोकार्पण भएको हो ।

विज्ञापन ३

कार्यक्रममा लेखक एवं कवि पाठकको व्यक्तित्व एवं कृतित्वबारे डा. धनेश्वर भट्टराईले चर्चा गर्नुभएको थियो भने प्रेम रिमाल, रामप्रसाद न्यौपाने, प्रकाश चापागाईं, पुरुषोत्तम आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । इन्डिगो इन्क प्रा.लि. काठमाडाैंबाट प्रकाशित सो कविता संग्रहमा ४० वटा कविता समेटिएका छन् ।

तपाईको प्रतिक्रिया