चितवन । माडीको बसन्तपुरस्थित माडी आयल स्टोर्स (पेट्रोल पम्प)मा गएराती चोरी भएको छ । शनिवार मध्यरातको समयमा पम्पको कार्यालय कक्षको दराज र टेबल घर्रा फुटाई चोरले करीब डेढ लाख रुपैंया चोरी गरेको पम्प सञ्चालक छनु महतोले जनाउनुभयो ।
विज्ञापन १
पम्पको कार्यालय कक्षको सि.सि.टि.भी. फुटेज हेर्दा मुखमा सेतो कपडा बेरेको र हातमा ग्लोब्स लगाएको चोर राती १२:१० बजे पेट्रोल पम्पको कार्यालय कक्षको ढोकाको चुकुल फुटाई भित्र प्रवेश गरेको देखिन्छ । त्यसपछि घर्रा, झोला र दराजमा रहेको नगद पैसा चोरी गरी १२:२५ बजे भागेको देख्न सकिन्छ ।
विज्ञापन 2
पम्प कार्यालयमा भएको चोरीको घटनाबारे ईलाका प्रहरी कार्यालयलाई सुचना दिइएको पम्प सञ्चालक महतोले जनाउनुभयो । माडी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को चोरीको घटना भएपनि चोर पक्राउ गर्न प्रहरी असफल रहँदै आएको अवस्था छ । (भिडियोः सि.सि.टि.भी. फुटेज)