आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

कला-साहित्य पोष्ट

जनगायक शर्मा र लोकगायक बेल्वासेले आउँदो दशैंमा माडीका दर्शकहरुलाई नचाउँने

  • A
  • A+
  • A++

जनप्रीय जनगायक जीवन शर्मा र चर्चित लोकगायक कुशल बेल्वासेले आउँदो दशैंमा माडीका दर्शकहरुलाई नचाउँने हुनुभएको छ ।

विज्ञापन १

सितलपुर साँस्कृतिक समिति, माडी-२, सितलपुरको आयोजनामा आउँदो दशैंको षष्ठी (असोज २३ गते) साँझ ७ बजे सितलपुरमा आयोजित दशैं विशेष कार्यक्रममा जनगायक शर्मासंगै लोकगायक बेल्वासेको गायन प्रस्तुति रहने समितिका सचिव शशिकुमार बि.क.ले जनाउनुभयो ।

विज्ञापन २

यसबर्ष प्रमुख अतिथिका रुपमा भरतपुर महानगरका नगरप्रमुख रेनु दाहालको सहभागिता रहने आयोजक समितिका अध्यक्ष मिलन (माधव) पौडेलले बताउनुभयो । कार्यक्रमको सहयोगार्थ हाल स्वदेश र प्रवासबाट आर्थिक सहयोग संकलन कार्य चलिरहेको उहाँले जानकारी दिनुभयो ।

विज्ञापन ३

कार्यक्रमको अफिसियल मिडियाका रुपमा स्वदेश एफ.एम.ले अडियो र भिडियो लाइभ प्रशारण गर्नेछ । हरेक बर्ष दशैं पर्वको सन्दर्भ पारी सितलपुरस्थित आधारभूत विद्यालयको प्राङ्गणमा दशैं विशेष बृहत् साँस्कृतिक कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया