चितवन । नेकपा एमाले माडी नगर कमिटिको तेस्रो नगर अधिवेशन कार्तिक ३ र ४ गते हुने भएको छ ।
माडी क्याम्पसको सभाहलमा सम्पन्न नेकपा एमाले माडी नगर कमिटिको १९औं पूर्ण बैठकले नगरको तेस्रो अधिवेशन आउँदो कार्तिक ३ र ४ गते गर्ने निर्णय गरेको हो ।
यसबाहेक बैठकले अधिवेशन तयारीका लागि प्रतिवेदन लेखन, आर्थिक व्यवस्थापन, स्वयम्सेवक परिचालन, स्वागत सत्कार, खाद्य व्यवस्थापन, मञ्च व्यवस्थापन र प्रचारप्रसार उपसमिति समेत गठन गरेको नगर कमिटि सदस्य सूर्य भट्टराईले जनाउनुभयो ।
नगर अध्यक्ष नारायण प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकमा एमाले केन्द्रीय पोलिट्ब्युरो सदस्य एवम् चितवन जिल्ला ईञ्चार्ज देवी ज्ञवाली, केन्द्रीय सदस्य एवं चितवन ३ का ईञ्चार्ज यमबहादुर परियार, बागमती प्रदेस कमिटि सदस्य एवं माडी नगर ईञ्चार्ज सरस्वती बिष्ट, नेकपा एमाले जिल्ला उपाध्यक्ष श्याम कुमार बिष्ट लगायत जिल्ला सदस्यहरुको आतिथ्य रहेको थियो ।