सोमबार, माघ ०७, २०८१
सोमबार, माघ ०७, २०८१

चितवन खबर पोष्ट

रक्तदान अभियन्ता न्यौपानेद्वारा दिवंगत पिताको स्मृतिमा ‘रक्तदान उत्प्रेरणा राष्ट्रिय पुरस्कार’ घोषणा

  • A
  • A+
  • A++

चितवन । माडीका रक्तदान अभियन्ता एवं ब्लड डोनर्स सोसाइटीका वरिष्ठ केन्द्रीय उपाध्यक्ष हरिप्रसाद न्यौपानेले आफ्ना दिवंगत पिताको स्मृतिमा ‘रक्तदान उत्प्रेरणा राष्ट्रिय पुरस्कार’ घोषणा गर्नुभएको छ ।

विज्ञापन १

भरतपुरको चौविसकोठीमा शनिवार आफ्ना दिवंगत पिता खिमानन्द न्यौपानेको प्रथम स्मृति दिवसका सन्दर्भमा आयोजित रक्तदान कार्यक्रममा बोल्दै अभियन्ता न्यौपानेले एक लाख रुपेंयाको अक्षयकोष घोषणा गर्नुभएको हो । अक्षयकोषको ब्याज रकमबाट प्रत्येक वर्ष देशैभर रक्तदानको क्षेत्रमा कर्म गर्ने अब्बल एकजनालाई सो पुरस्कार वितरण गर्ने उहाँले बताउनुभयो ।

विज्ञापन २

रक्तदान कार्यक्रममा कूल १५२ जनाको सहभागिता रहेको थियो । ब्लड डोनर्स सोसाइटीका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बागमती प्रदेश सभा सदस्य ठाकुर प्रसाद ढकालको प्रमुख आतिथ्य तथा पूर्व सभासद् गुणाखर बसेल, वरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारी र डाक्टर प्रतीक न्यौपानेको विशिष्ट आतिथ्य रहेको थियो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया