

चितवन । मानव अधिकार तथा शान्ति समाज चितवन शाखाको सभापतिमा माडीका मानव अधिकारकर्मी एवं कानुन व्यवसायी पूणर्चन्द्र चापागाईं चयन हुनुभएको छ ।

शनिवार भरतपुरमा सम्पन्न समाजको चितवन शाखाको २७औं वार्षिक साधारणसभाले माडी-४, खैरहनी निवासी चापागाईंको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

चितवन शाखा उपसभापतिमा जीवन केसी, सचिवमा जयन्ती प्रसाद उपाध्याय, सहसचिवमा रुविसा कोइराला, कोषाध्यक्षमा सुप्रिया सापकोटा र सदस्यहरुमा खेमराज अधिकारी, तारा परियार, गौरीभक्त वाग्ले, विश्वराज ढुङ्गाना, सुमी गौतम, कीर्ति चौधरी निर्बिरोधित निर्वाचित हुनु भएको छ ।

‘विकासको अधिकार : अहरणीय अधिकार’ भन्ने नारा र बिषयबस्तुमा केन्द्रित भइ सम्पन्न भएको साधारणसभा कार्यक्रम शान्ति समाज चितवन शाखाका सभापति शम्भु राउतको अध्यक्षता र चितवन जिल्ला अदालतका न्यायाधीश पुष्पराज थपलियाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।