मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

चितवन खबर पोष्ट

नेकपा एमाले चितवन ३(ख) संयोजकमा शिवहरि सुवेदी, पर्यटन विभागमा दवाडी र शिक्षामा पौडेल

  • A
  • A+
  • A++

चितवन । नेकपा एमाले चितवनको तेश्रो पूर्ण बैठकले माडी क्षेत्र समेट्ने चितवन क्षेत्र नं. ३(ख) संयोजकमा शिवहरि सुवेदीलाई जिम्मेवारी तोकेको छ ।

विज्ञापन १

त्यस्तै, माडीका नेताहरू श्रीप्रसाद दवाडीलाई जिल्ला पार्टीको पर्यटन विभाग प्रमुख, नारायण पौडेललाई शिक्षा तथा मानव श्रोत विभाग प्रमुख, श्यामकुमार बिष्टलाई बित्त तथा कोष व्यवस्थापन विभाग प्रमुख र सरोज शाहलाई नेपाल मुस्लिम ईत्तिहाद (जनवर्गीय) संगठन प्रमुखमा जिम्मेवारी तोकिएको हो ।

विज्ञापन २

जिल्ला सचिवालयमा माडीबाट उपाध्यक्ष श्यामकुमार बिष्ट र शिवहरी सुवेदी रहनु भएको छ । बैठकले ३० सदस्यीय जिल्ला सचिवालय गठन गर्दै १३ विभाग र २३ जनवर्गीय संगठन, ३ क्षेत्र र ६ प्रदेशका संयोजक र सचिवमा जिल्लाका नेता नेतृहरुलाई जिम्मेवारी दिएको जनाइएको छ ।

विज्ञापन ३

जिल्ला अध्यक्ष कमलराज पाठकको अध्यक्षतामा पार्टीका संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, बागमती प्रदेश ईन्चार्ज डा. राजन भट्टराई, बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल, चितवन ईञ्चार्ज देवी ज्ञवाली लगायतको उपस्थितिमा सो बैठक सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया