चितवन । मौरीपालन व्यवसाय सञ्चालन गरी माडी मै नमूना मौरीपालक कृषक बनेका छन् दामोदर देवकोटा ।
अरुको जागिर नगरी आफ्नै मौरीपालन व्यवसायलाई आफ्नो रोजाइमा पारेका भरतपुर-११, चितवनका स्थायी बासिन्दा समेत रहनुभएका देवकोटाले माडी नगरपालिका-६ स्याउलीबासमा मिराकल गार्डेन स्थपना गरी मौरीपालन गर्दै आएका छन ।
जागिरभन्दा कृषिमा सम्भावना देखेर मौरी पालनतिर लागेको उनको भनाइ छ । १० घारबाट मौरी पाल्न सुरु गरेका उनको हाल १३५ घार मौरी रहेका छन् ।
१३ कठ्ठा क्षेत्रमा रहेको मिराकल गार्डेनभित्र मौरी पाल्दै आएका उनले मह मात्र नभई बेला बेलामा मौरी पनि बेच्ने गर्छन् । मिराकल मह चितवनसंगै, काठमाडौं, पोखरा लगायतका क्षेत्रहरूमा समेत बिक्री हुनेगरेको छ ।
सानैदेखि मिहिनेती देवकोटाले मौरीपालनसंगै अचार व्यवसायलाई समेत अगाडि बढाएका छन् । आउँदो असोजबाट मिराकल गार्डेनमा फार्मस्टे समेत सञ्चालनको योजना रहेको उहाँले बताउनुभयो ।