शनिबार, पुष २७, २०८१
शनिबार, पुष २७, २०८१

माडी (स्थानीय) खबर पोष्ट

माडीको रतनी गाउँस्थित रौतनी खोला पुलको दुईवटा पिल्लर दबेर क्षती, सवारी साधनहरु चल्न जोखिम

  • A
  • A+
  • A++

माडी, चितवन । लगातारको बर्षासंगै आएको बाढीले माडीको रतनी गाउँस्थित रौतनी खोला पुलको दुईवटा पिल्लर दबेर पुलमा क्षती पुगेको छ ।

विज्ञापन १

मलाही टोल गाउँलाई धोबाहा रतनी गाउँसंग जोड्ने स्थानमा नवनिर्मित पक्की पुलको तेश्रो र चौथो पिल्लरको पर्खाल चर्किनुका साथै करीब १ फिट दबेको हो ।

विज्ञापन २

बाढीले बगाएर ल्याएका ठूला रुखहरु पिल्लरमा अँँड्किएर रोकिएसंगै पिल्लरको तल्लो भागमा पानीले खनेका कारण पिल्लरहरु दब्न पुगेको स्थानीयबासी बिगुवा साह कानुले बताउनुभयो । पिल्लरसंगै स्ल्याब दबेसंगै पुलमाथिबाट ठूला सवारी साधनहरु चल्न जोखिम भएको छ ।

विज्ञापन ३

त्यस्तै, रीउको बाढीले रतनी र सिमरा गाउँजोड्ने नवनिर्मित झोलुंगे पुल क्षेत्रमा एक भंगालो कटान गर्नाले नजिकका खेतबारीमा बालुवा थुप्रिनुका साथै कतिपय खेतको धानबालीमा क्षती पुगेको छ ।

रीउको बाढीले बनकट्टास्थित पुल क्षेत्रमा समेत कटान गरेको छ । बाढीका कारण शनिवार बिहानैदेखिख माडी भरतपुर सार्वजनिक यातायात प्रभावित रहेको थियो । साँझपखबाट सो सेवा भने सुचारु भइसकेको छ ।

तपाईको प्रतिक्रिया