

माडी, चितवन । नेकपा एमाले माडीको आसन्न तेश्रो नगर अधिवेशनका लागि प्रतिनिधिहरु छनौट भएका छन् ।

माडी नगरपालिका वडा नं १ र प्रस्तावित वडा नं. १० (हनुमानझुला)मा बाहेक अन्य सबै वडाहरुमा असोज १९ गते शनिवार एकैसाथ प्रतिनिधिहरुको छनौट भएको हो । नगर अधिवशसन आउँदो कार्तिक ३ र ४ गते बसन्तपुरमा आयोजित छ ।

करीब २०० जना प्रतिनिधि आउने सो अधिवेशनमा उत्पीडित समुदायबाट १७ जना, महिलाबाट २९ जना, युवाबाट १६ जना र खुल्लाबाट ३७ जना गरी ९९ जना प्रतिनिधि छनौट भएका हुन् । यसबाहेक हालको नगर कमिटि (७२ जना) आयोजकका रुपमा स्वतः प्रतिनिधि रहने एमाले माडीका नेता सुर्य भट्टराईले जानकारी दिनुभयो ।

यसबाहेक, नगर अधिवेशनका लागि नगर अध्यक्ष नारायण अधिकारीको संयोजकत्वमा प्रतिवेदन लेखन उपसमिति गठन भएको छ । त्यस्तै आर्थिक ब्यवस्थापनमा रामेश्वर चौधरी, प्रतिनिधि ब्यवस्थापनमा सुर्यकान्त खनाल, सुचना तथा प्रचार प्रसारमा कृष्णराज अधिकारी, मन्च ब्यवस्थापनमा टंक पौडेल, अतिथी स्वागतमा कोपिला सिवाकोटी, खाद्य ब्यवस्थापनमा हर्क बहादुर चापागाई, स्वयंसेवक ब्यवस्थापनमा भीमप्रसाद महतो र सांस्कृतिक कार्यक्रम ब्यवस्थापनमा चुडामणी पाण्डेलाई उपसमिति संयोजक समेत तोकिएको एमाले माडीले जनाएको हो ।