चितवन । राष्ट्रिय कृषक समुह महासङ्घ नेपाल, माडी नगर समिति अध्यक्षमा सत्य नारायण महतो चयन हुनुभएको छ ।
शनिबार सम्पन्न माडी नगरपालिकास्तरीय प्रथम अधिवेशनबाट माडी-१ गर्दीस्थित थारु सामुहिक कृषक समुहका सचिब समेत रहनुभएका महतोको अध्यक्षतामा माडीका ९ वटै वडाहरू समेटिने गरि ९ सदस्यीय कार्यसमिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा माडी-७, कृतनपुरस्थित प्रगति महिला कृषक समुहका मनरुपा कँडेल, सचिवमा माडी-४ स्थित राधाकृष्ण कृषक समुहका खेमप्रसाद पाठक, सह-सचिवमा माडी-८ जिवनपुरस्थित फुलमाया राई र कोषाध्यक्षमा माडी-९, बगहीस्थित बहुउद्देश्यिय कृषक समुहका सदस्य सरिता सुनार चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा माडी -२, लौगाहीस्थित पौरखी महिला कृषक समुहका सचिव शुक्रमिया चौधरी, माडी-३, धोबाहास्थित बिक्रमबाबा कृषक समुहका सचिव झारी महतो, माडी -५, रमाइलोडाँडास्थित श्रमजीवि महिला कृषक समुहका अध्यक्ष देबकुमारी कार्की र माडी-६ स्थित मल्लाजी समाज तरकारी कृषक समुहका अध्यक्ष प्रेम प्रसाद जि.सी रहनुभएको छ ।
राष्ट्रिय कृषक समुह महासंघ नेपालका केन्द्रीय अध्यक्ष पञ्चकाजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगरप्रमुख ताराकुमारी काजी महतोको प्रमुख आतिथ्यता रहेको थियो । यु.एस.ए.आइडीको जल-जंगल परियोजनाको सहयोगमा राष्ट्रिय कृषक समुह महासङ्घले सिमान्त समुदायलाई लक्षित गरी किसानको जीविकोपार्जन एवं उत्थानशिलता विकास कार्यक्रम माडी र ठाेरीमा चलाएको हो ।