खेल र खेलाडी पोष्ट

प्रथम दियो दशैं कप फुटबल प्रतियोगिताको उपाधी आयोजक दियो क्लब, माडीलाई

चितवन । माडी-५, राधापुरमा सञ्चालित प्रथम दियो दशैं कप माडी नगरस्तरीय फुटबल प्रतियोगिता-२०८१ को उपाधी आयोजक दियो क्लब, माडीले जितेको छ ।

बुधबार सम्पन्न फाइनलमा बसन्तपुर युनाइटेड क्लबको ए टोलीलाई २-१ गोलअन्तरले पराजित गर्दै आयोजक क्लबले उपाधी चुमेको हो ।

प्रतियोगितामा बेस्ट डिफेन्स दियो क्बलका संजय रामदाम, बेस्ट मिडफिल्डर दियो क्लबकै सुवास दराई, सर्बोत्कृष्ट खेलाडी बसन्तपुर युनाइटेडका अश्विक दुरा, बेस्ट गोलकिपर बसन्तपुर युनाइटेडकै विवश क्षेत्री र सर्बाधिक गोलकर्ता र बेस्ट फरवार्ड दियो क्लबका रितेश क्षेत्री घोषित हुनुभयो । त्यस्तै नवप्रतिभाशाली खेलाडी बसन्तपुर युनाइटेडका निशान गोतामे तथा अनुशासित टिम युवा दर्शन समाज हनुमानझुला घोषित भएको थियो ।

प्रतियोगिताको विजेता र उपविजेता टिमले क्रमशः रु. ५१ हजार र ३० हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । माडी-५, राधापुरस्थित खेल चौरमा उल्लेख्य दर्शकहरुबिच असोज १५ देखि २३ गतेसम्म १६ वटा टीमको सहभगितामा सो प्रतियोगिता सञ्चालन भएको थियो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार