कला-साहित्य पोष्ट

माडीका युवा संगित सर्जक विकास पाण्डे ‘माडी पपगायन सम्मान – २०८१’ बाट सम्मानित

चितवन । माडीका युवा संगित सर्जक विकास पाण्डे ‘माडी पपगायन सम्मान – २०८१’ बाट सम्मानित हुनुभएको छ ।

माडी-६, स्याउलीबास निवासी (हाल बाराको सिमरामा बस्नुहुने) पाण्डेलाई स्वदेश एफ.एम. र माडी कला, साहित्य एवं साँस्कृतिक मञ्चद्वारा आयोजित ‘दशैं विशेष कार्यक्रम एवं खुला नृत्य प्रतियोगिता २०८१’को उद्घाटन समारोहमा सो सम्मान अर्पण गरिएको हो ।

एक दशकअघि ‘क्यान बि’ एल्बम निकालेर पप तथा लोकपप गायनको सुरुवात गर्नुभएका पाण्डेको ‘हुन सक्छ मेरो आँगन’, ‘मलाई मायाले मार्यो’, ‘माडी नै हाम्रो स्वर्ग हो’, ‘चाहियो सरकार’ लगायतका दर्जनौ चर्चित गीतहरु रहेका छन्त्य । स्तै पुष्पन प्रधान, रामचन्द्र काफ्ले, अञ्जु पन्त, प्रताप दास, निशान भट्टराई, कमल के. क्षेत्री, इन्दिरा रजत तिवारी, देवेन्द्र कार्की, रोशन कार्की, प्रबिण बेडवाल, मेनुका पौडेल लगायतको गायनमा शव्द र संगित भर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार