अपराध खबर पोष्ट

माडीकी बृद्धा बिष्णुमाया रानाभाटको हत्या रिङ लुट्ने क्रममा ज्वाईं नाता पर्ने व्यक्तिबाटै

चितवन । माडी-७, देबेन्द्रपुर निवासी ७१ बर्षीया बृद्धा बिष्णुमाया रानाभाटको हत्या सुनको रिङ लुट्ने क्रममा, निजकै ज्वाईं (नन्दको श्रीमान) नाता पर्ने व्यक्तिबाटै भएको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले आइतबार राती रानाभाटको हत्या निजकै ज्वाईं नाता पर्ने, माडी-७, देबेन्द्रपुर निवासी बर्ष ६२ का टिकाराम रानाभाटबाट भएको भन्दै प्रारम्भीक प्रेसनोट जारी गरेको हो ।

गत असोज १९ गते बिहान अन्दाजी ११ः०० बजेको समयमा बृद्धा रानाभाट घरबाट एक्कासी निस्की हराएको भन्दै स्थानीय र प्रहरीले खोजी गरेकोमा २१ गते दिउसोपख घर नजिकै परुई सामुदायिक वनको भीरमा मृत अवस्थामा शव फेला परेको थियो ।

शवको मुचुल्का हेर्दा घटना शंकास्पद देखिएसंगै प्रहरीले अनुसन्धानबाट मृतकको ज्वाई (नन्दको श्रीमान) नाता पर्ने टिकाराम रानाभाटले कर्तव्य गरी मारेर भीरबाट फालेको खुल्न आएको प्रहरी प्रेसनोटमा जनाईएको छ ।

अभियुक्त रानाभाटलाई चितवन जिल्ला अदालतबाट जरुरी पक्राउ पुर्जी स्वीकृत गराई हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहको प्रहरीले जनाएको छ । मृतकले कानमा लगाएको सुनको रिङ लुट्ने क्रममा कर्तव्य गरेको अभियुक्तले स्वीकार गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार