चितवन । पूर्वी चितवनमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
रत्ननगर नगरपालिका-३, शान्तिचोकस्थित पुर्व पश्चिम राजमार्गमा आइतबार साँझ सवा ६ बजे खैरहनीबाट टाँडीतर्फ आउँदै गरेको ना. ४६ प. ८२४८ नम्बरको मोटरसाइकल र विपरित दिशातर्फ जाँदै गरेको ना. ५६ प. ९१६९ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाँदा स्कुटरमा सवार एकजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्कुटर चालक खैरहनी नगरपालिका १ बस्ने २१ वर्षिय दिपेश चौधरी रहेका छन् । दुर्घटनामा परी स्कुटरको पछाडी सवार सोही ठाउँका २४ वर्षिय अर्जुन चौधरी तथा मोटरसाइकलमा सवार खैरहनी नगरपालिका १ का २२ बर्षिय अनिस बस्नेत र मोटरसाइकलको पछाडि सवार २२ वर्षिय सुजेक दराई घाइते भएका छन् । उनीहरुको अवस्था मध्यम रहेको र उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ ।