बिहिबार, माघ ०३, २०८१
बिहिबार, माघ ०३, २०८१

कला-साहित्य पोष्ट

स्वदेश एफ.एम.को अनलाइन श्रोता संख्या १ करोड नाँघ्यो, प्राथमिक रोजाइको रेडियो बन्दै

  • A
  • A+
  • A++

चितवन । चितवनको माडी क्षेत्रबाट सञ्चालित स्वदेश एफ.एम. ९३.२ मेगाहर्जको अनलाइन श्रोता संख्या एक करोड नाँघेको छ ।

विज्ञापन १

लोकप्रीय मोबाइल एप्स ‘हाम्रो पात्रो’मार्फत स्वदेश एफ.एम. सुन्ने तथा सुनेका श्रोताहरुको कूल संख्या १ करोड ११ लाख पुगेको हो । नेपालीहरुले सर्बाधिक प्रयोग गर्ने मध्येको सो एप्सबाट रेडियो सुन्नेहरुले स्वदेश एफ.एम.लाई मनपर्ने रेडियोका रुपमा बुकमार्क गरी सकारात्मक प्रतिक्रिया पोष्ट गर्दै आएका छन् ।

विज्ञापन २

देशविदेशबाट सञ्चालित नेपाली भाषाका करीब ७०० वटा रेडियोहरु समेटिएको ‘हाम्रो पात्रो’ एप्समा १ करोड बढी श्रोताहरु पाएको रेडियोहरुमा स्वदेश एफ.एम.संगै उज्यालो नेटवर्क, रेडियो कान्तिपुर, कालिका एफ.एम., रेडियो नेपाल, इमेज एफ.एम. र नेपाली रेडियो नेटवर्क मात्रै रहेका छन् ।

विज्ञापन ३

त्यस्तै अर्को लोकप्रीय मोबाइल एप्स ‘नेपाली पात्रोबाट’ थप १४ लाख बढीले स्वदेश एफ.एम. सुनेको तथ्यांक छ । यसबाहेक अमेरिकी रेडियो प्लेटफर्म ‘जेनो मिडिया’बाट समेत करीब १ लाख जनाले नियमितरुपमा स्वदेश एफ.एम. सुन्ने गरेका छन् । त्यस्तै, अन्य दर्जनाैं नेपाली रेडियो एप्सहरूमा समेत स्वदेश एफ.एम. प्रयोगकर्ताहरूको प्राथमिक रोजाइको रेडियोका रूपमा रहेको देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया