चितवन । पछिल्लो समय माडी नगरपालिकामा बसाइँ सरी आउनेभन्दा बसाइँ सराई गरी जानेहरुको संख्या बढेको छ ।
विज्ञापन १
आर्थिक बर्ष २०८०/८१ को एक बर्षे अवधीमा माडी नगरपालिकाका ९ वटै वडाहरुमा ४७७ परिवारका १७४२ जना बसाइँ सरी आएको दर्ता अभिलेख रहेको छ । सोही अवधीमा ६०५ परिवारका १९२३ जना बसाइँ सरी गएको अभिलेखिकरण रहेको हो ।
विज्ञापन २
यस विवरण अनुसार एक बर्षको अवधीमा १२८ वटा परिवारको बसाइँ माडी नगरमा कम भएको देखिन्छ । बसाइँ सरी आउनेहरुमा बहुसंख्यक निम्न आय रहेका परिवारहरु ज्यादा रहेको र बसाइँ सरी जानेहरुमा बहुसंख्यक मध्यमवर्गिय परिवारहरु रहेको देखिन्छ ।
विज्ञापन ३
सो अवधीमै माडी नगरका ९ वटै वडाहरुमा ४२१९ जन्म, ११६३ मृत्यु, १६६५ वटा विवाह र २०० वटा सम्बन्ध विच्छेदको दर्ता भएको छ । राष्ट्रिय जनगणना २०७८को तथ्यांक अनुसार यहाँको जनसङ्ख्या ३८,२९५ रहेको छ भने घरधुरी संख्या १०,१२० रहेको छ ।