चितवन । नेकपा एमाले माडी नगर कमिटिको तेश्रो नगर अधिवेशन स्थगित भएको छ ।
आउँदो कार्तिक ३ र ४ गते बसन्तपुर बजारमा सञ्चालन हुनेगरी आयोजित नेकपा एमाले माडी नगर कमिटिको तेश्रो अधिवेशन ‘पार्टीको जिल्ला कमिटि र केन्द्रीय कमिटिको विशेष निर्देशन अनुसार अर्को सुचना नहुँदासम्मका लागि स्थगन भएको’ जनाइएको हो ।
नगर कमिटि अध्यक्ष नारायण प्रसाद अधिकारीले बुधबार बिहान एक प्रेस नोट जारी गर्दै नगर अधिवेशन स्थगन भएको जनाउनुभयो । अधिवेशन तयारीको ८० प्रतिशत काम सकिएको भन्दै प्रेसनोटमा अधिवेशनको तयारीमा अहोरात्र खट्ने नेता कार्यकर्ताहरुप्रति आभार व्यक्त तथा अधिवेशन स्थगनबाट पर्न गरेको असहजताप्रति क्षमायाचना समेत गरिएको छ ।
सो तेश्रो नगर अधिवेशनका लागि बहुसंख्यक प्रतिनिधिहरु भने यसअघि नै छनौट भइसकेका छन् । करीब २०० जना प्रतिनिधि आउने सो अधिवेशनमा उत्पीडित समुदायबाट १७ जना, महिलाबाट २९ जना, युवाबाट १६ जना र खुल्लाबाट ३७ जना तथा हालको नगर कमिटिका ७२ जना प्रतिनिधि रहेका हुन् ।