कला-साहित्य पोष्ट

लाउरे र तृष्णा गुरुङ फिचरिङ माडी कन्सर्ट (सिजन वन)को तयारी तीब्र, टिकट बिक्री सुरू

चितवन । तिहार पर्वको अवसर पारी माडीको बसन्तपुरमा आयोजित भव्य माडी कन्सर्ट (सिजन वन)को तयारी तीब्र पारिएको छ ।

आगामी कार्तिक १६ गते मंगलबार साँझ ५ बजेदेखि बसन्तपुर चौरमा घेराबारबिच एल.ई.डी. स्क्रीन सहितको हाइटेक लाइभ कन्सर्ट आयोजना रहेको हो । माडी इभेन्ट्सद्वारा आयोजित सो कन्सर्टमा लाखौं फ्यान फलोइङ रहेका चर्चित -यापर लाउरे (आशिष राना)संगै उस्तै लोकप्रीय गायिका तृष्णा गुरुङको गायन प्रस्तुति रहनेछ ।

-यापर लाउरेका दर्जनौं -याप र गायिका गुरुङका दर्जनौं पप मेलोडी गीतहरु अति लोकप्रीय एवं जनजीब्रोमा रहेका छन् । कार्यक्रममा ब्याड कम्पनी र कोल्याब ब्याण्डको लाइभ म्युजिक समेत रहने भएसंगै मुख्यतः पप, मेलोडी र -याप मन पराउने युवा एवं किशोर पंक्तिले कार्यक्रमको व्यग्र प्रतीक्षा गरेको बताउँछन् ।

हाल कार्यक्रमको प्रचारप्रसार एवं प्राविधिक तयारीको कामसंगै टिकट विक्री भइरहेको माडी इभेन्ट्स सम्बद्ध पदम पन्तले बताउनुभयो । कार्यक्रममा साधारण टिकट शुल्क रू. ५०० र भि.आई.पी. टिकट शुल्क रू १००० रहेको उहाँले बताउनुभयो ।

माडीभित्र टिकट पाइने स्थानहरुमा माडी खाजा घर बनकट्टा, एस.के. मोटर्स बरुवा, माडी भिलेज रिसोर्ट बघौंडा, जक्सन क्याफे बसन्तपुर, देवी पुस्तक पसल बसन्तपुर, मुनलाइट डिजिटल बसन्तपुर, एमजी मार्ट बसन्तपुर, माडी मार्ट बसन्तपुर, गौतम कपडा पसल कीर्तनपुर र सोनु खाजा घर देबेन्द्रपुर रहेका छन् ।

त्यस्तै, सुमन कार्की (कीर्तनपुर), संगम क्षेत्री (देवेन्द्रपुर), अनमोल क्षेत्री (खरकट्टा), होम बहादुर डालामगर (बरुवा) र वडाध्यक्ष अमित कुमार लामा (बरुवा)बाट समेत टिकट लिन सकिने आयोजकले व्यवस्था गरेको छ । कन्सर्टमा माडीबाहिरका सयौं सहित स्थानीय हजारौं दर्शकहरुको सहभागिता रहने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार