सोमबार, माघ ०७, २०८१
सोमबार, माघ ०७, २०८१

माडी (स्थानीय) खबर पोष्ट

बाढीले भत्कायो राैतनी खोलाको कजवे, सरकारको मुख नताकी गाउँलेहरूले गरे मर्मत

  • A
  • A+
  • A++

चितवन । घरछेउको सडक वा पुलमा खाडल परे सरकारी निकायलाई दोष दिने र सरकारकै मुख ताक्ने प्रवृत्ति सर्बत्र देखिन्छ । तर माडी-३, रतनी गाउँबासीहरुले भने घरनजिक बाढीले क्षती गरेको कजवे (अस्थायी पुल)लाई घरगाउँमै उपलब्ध सामग्रीहरु प्रयोग गरी मर्मत गरेका छन् ।

विज्ञापन १

आइतबार (गए) राती परेको पानीसंगै आएको बाढीले माडी-३, रौतनी खोलामा बनेको कजवे भत्काएको थियो । कजवेमा क्षती पुगेसंगै स्थानीय गाउँलेहरुले एकाबिहानै घरगाउँमै उपलब्ध साधनहरु प्रयोग गरी त्यसको मर्मत सम्पन्न गरी सवारी सञ्चालन सुचारु गराएका हुन् ।

विज्ञापन २

यसअघि, असोज १२ गतेको बाढीले रौतनी खोलाको पक्की पुलमा क्षती पुगेसंगै ह्युमपाइप राखी कजवे बनाइएको थियो । रौतनी खोला पुलको तेश्रो र चौथो पिल्लरको पर्खाल चर्किनुका साथै करीब १ फिट दबेकाले पुलमाथिबाट सवारी आवागमन बन्दप्रायः रहेको छ ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया