चितवन । तिहार पर्वको अवसर पारी माडी-६, हरिनगरमा सञ्चालित गोल्डेन इमिनेन्ट प्रथम तिहार कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी जनकल्याण तमु समाजले जितेको छ ।
सोमबार सम्पन्न फाइनल स्पर्धामा आयोजक कल्याणपुर युवा क्लबलाई टाइब्रेकरमा पराजित गर्दै तमु समाजले उपाधी उचालेको हो । निर्धारित खेल अवधीमा १-१ गोलको बराबरी भएसंगै खेल टाइब्रेकरमा धकेलिएको थियो ।
प्रतियोगिताको बिधागत पुरस्कार अन्तरगत प्लेयर अफ द टुर्नामेन्ट आयोजक क्लबका बिज्ञान खड्काले, बेस्ट डिफेन्स आयोजक टोलीकै संजय रामदाम र इमर्जिङ प्लेयर पनि आयोजक टीमकै एबिन बस्यालले पाउनुभयो ।
त्यस्तै, हाइ स्कोरर तमु समाजका राजेश गुरुङ र बेस्ट गोलकिपर तमु समाजकै अनिल नेपालीले पाउनुभएको आयोजक क्लबका अध्यक्ष ललित राउतले जानकारी दिनुभयो ।