आइतबार, मङि्सर २३, २०८१
आइतबार, मङि्सर २३, २०८१

प्रवास खबर पोष्ट

अमेरिकाको ४७औं राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड जे. ट्रम्प विजयी

  • A
  • A+
  • A++

माडी, चितवन । विश्वभर चासोका साथ हेरिएको संयुक्त राज्य अमेरिकाको ४७औं राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड जे. ट्रम्प विजयी भएका छन् ।

विज्ञापन १

मंगलबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा सम्पूर्ण मतपरिणाम सार्वजनिक नहुँदै इलेक्टोरल कलेज मतका आधारमा डोनाल्ड ट्रम्पको विजय भएको हो । राष्ट्रपति निर्वाचित हुन कूल २७० इलेक्टोरल कलेज भोट आवश्यक पर्नेमा (यो समाचार तयार पार्दासम्म) ट्रम्पले २७९ र उनका प्रतिद्वन्दी, डेमोक्राटिक पार्टीका उम्मेदवार कमला ह्यारिसले २२३ इलेक्टोरल भोट हासिल गरेका छन् ।

विज्ञापन २

अमेरिकी सिनेट पनि रिपब्लिकन पार्टीकै बहुमत रहने निश्चित भइसकेको छ । जर्जिया, पेन्सिलभानिया, विस्कन्सिन र नर्थ क्यारोलाइना जस्ता स्वीङ स्टेटमा जीत हासिल गरेका ट्रम्पले निर्वाचनमा आफूले जितेको घोषणा गरिसकेका छन् । आफ्नो दोश्रो कार्यकाल ‘अमेरिकाका लागि स्वणर्युग’ हुने बताउँदै उनले ‘कुनै युद्ध सुरु नगर्ने बरु भएका युद्धहरु अन्त्य गराउने’ घोषणा समेत गरेका छन् ।

विज्ञापन ३

उनलाई विश्वका नेताहरुले बधाई दिने क्रम सुरु भइसकेको छ । युरोपेली संघकी प्रमुख उर्सुला भोन डेर लेयेन, उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) का प्रमुख मार्क रुट, फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू लगायतले ट्रम्पलाई बधाई सन्देश व्यक्त गरिसकेका हुन् ।

तपाईको प्रतिक्रिया