आइतबार, मङि्सर २३, २०८१
आइतबार, मङि्सर २३, २०८१

चितवन खबर पोष्ट

भरतपुरमा बोलेरो गाडी, मोटरसाइकल र स्कुटर ठोक्किँदा एक महिलाको मृत्यु, दुई पुरुष घाइते

  • A
  • A+
  • A++

माडी, चितवन । भरतपुरमा बोलेरो गाडी, मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने दुई पुरुष घाइते भएका छन ।

विज्ञापन १

दुर्घटनामा परी स्कुटरमा सवार चितवनको इच्छाकामना गाउँपालिका-५ दाह्रेचोक निवासी ३७ वर्षिय रामकुमारी गुरुङको मृत्यु भएको छ । त्यस्तै, स्कुटर चालक सोही ठाउँका ३१ वर्षिय सोजन शेरचन र मोटरसाइकलमा सवार भरतपुर महानगरपालिका २४ का ३१ वर्षिय हरिशरण थापामगर घाइते भएका छन् ।

विज्ञापन २

आज (बिहिबार) बिहान ११ः४० बजे भरतपुर महानगरपालिका २४ लक्ष्मण चोकमा प्र.३-०१-०२४ च. ४९९३ नम्बरको बोलेरो गाडी, बा.प्र.०३-००१ प. ३६५६ नम्बरको मोटरसाइकल र प्रदेश ३-०३-००१ प. ८८८२ नम्बरको स्कुटर एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परेका तीनवटै सवारी साधन र बोलेरो गाडीका चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया