आइतबार, मङि्सर २३, २०८१
आइतबार, मङि्सर २३, २०८१

कला-साहित्य पोष्ट

हरिबोधनी एकादशी छरछरे मेलामा यसबर्ष राजु परियार र देवी आलेले सबैलाई नचाउँदै

  • A
  • A+
  • A++

माडी, चितवन । हरिबोधनी एकादशीको अवसरमा माडीको छरछरे धाममा लाग्ने मेलामा यसबर्ष चर्चित राष्ट्रिय लोकदोहोरी गायक राजु परियार र भाइरल दोहोरी गायिका देवी आलेले सबैलाई नँचाउनुहुने भएको छ ।

विज्ञापन १

आउँदो कार्तिक २७ गते परेको हरिबोधनी एकादशीका दिन छरछरे धाम परिसरमा हुने छरछरे मेला अन्तरगत लोकदोहोरी गायक परियार र दोहोरी गायिका आलेसहित माडीका लोकगायक राजु सेञ्चुरी र अन्य स्थानीय कलाकर्मीहरुको समेत गायन र नृत्य प्रस्तुति रहनेछ ।

विज्ञापन २

छरछरे शिवालय मन्दिर व्यवस्थापन समिति र दियो क्लब माडीको संयुक्त आयोजनामा हुने सो मेला अन्तरगत स्थानीय उत्पादनहरुको विक्रीवितरण स्थल, होटल र अन्य स्टलहरु सहितको भव्य साँस्कृतिक कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष हरिप्रसाद पंगेनीले जानकारी दिनुभयो ।

विज्ञापन ३

छरछरे धाममा विगत २०३१ सालदेखि हरेक बर्ष एकादशी मेला लाग्दै आएको छ । मेला भर्नका लागी माडीका सबै वडाहरुसंगै विभिन्न ठाउँहरुबाट श्रद्धालु भक्तजनको व्यापक सहभागिता रहने गरेको छ । दशैं, तिहार सकिएसंगै माडीका गाउँठाउँमा एकादशी छरछरे मेला भर्ने र तोरण तारणको तयारी हुने गरेको छ ।

तपाईको प्रतिक्रिया