आइतबार, मङि्सर २३, २०८१
आइतबार, मङि्सर २३, २०८१

धर्म-संस्कृति पोष्ट

माडीको गोद्धक क्षेत्रस्थित परशुराम धाममा एसियाकै भीमकाय बञ्चरो (परशु) प्रतिस्थापन हुँदै

  • A
  • A+
  • A++

माडी, चितवन । माडीको चक्रशीला धाममा नेपालकै ठूलो शालिग्राम (चक्र) शीला स्थापनाको ठीक एक बर्षपछि परशुराम धाममा भीमकाय आकारको बञ्चरो (परशु) प्रतिस्थापन हुँदैछ ।

विज्ञापन १

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका मुर्तीकला विभाग प्रमुख एवं माडीका मुर्तीकार दिनेश्वर महतो नेतृत्वको टोलीले काठमाडौंमा तयार गरेको परशु गएराती माडी ल्याइएको माडीका नगर उपप्रमुख खेमप्रसाद महतोले जानकारी दिनुभयो । हरिबोधनी एकादशी पर्वकै अवसर पारी गतबर्ष चक्रशीला माडी ल्याइएको थियो ।

विज्ञापन २

परशुलाई मंगलबार (आज) माडी उपत्यकाभर एवं छरछरे मेलास्थलमा शोभायात्रासहित प्रदर्शन गरिने परशुराम पार्क निर्माण समितिका कोषाध्यक्ष एवम् बन्चरो निर्माण अभियानका अभियन्ता रामजी पण्डितले जनाउनुभयो।

विज्ञापन ३

समग्र गोद्धक परशुराम क्षेत्रको पर्यटन विकास गर्दै माडीलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउन परशुरामको हतियारको प्रतिक २७ फिट अग्लो परशु (बञ्चरो)को प्रतिमा निर्माण गरिएको हो । प्रकृतिप्रेमी भगवान परशुरामको पुण्य भूमि रहेको माडीमा स्थापित हुने सो संरचना ’एसिया प्रायद्वीपकै अग्लो परशु (बञ्चरो)’का रुपमा चर्चित रहनेछ ।

तपाईको प्रतिक्रिया