माडी, चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सहमहामन्त्री रीना गुरुङले भरतपुरमा पूर्वराजा महेन्द्रको शालिक भत्काइएकोमा दुःख व्यक्त गर्नुभएको छ ।
विज्ञापन १
राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन माडी नगरको अधिवेशन कार्यक्रममा बोल्दै पूर्व प्रदेश सांसद समेत रहनुभएका गुरुङले चितवनको निर्माण एवं यहाँको सीमा रक्षामा राजा महेन्द्रको महत्वपूणर् योगदान रहेपनि भरतपुरले उहाँलाई बिर्सेको भन्दै दुःख व्यक्त गर्नुभएको हो ।
विज्ञापन २
युरोपियन देशहरुले पूर्व राजाहरुको मुर्ती र शालिक बनाई पर्यटन विकास गरिरहेको बताउँदै नेतृ गुरुङले भरतपुरले बिर्सिएको राजा महेन्द्रलाई माडीले सम्झन अनुरोध समेत गर्नुभयो । सांसद बिक्रम पाण्डेले चुनावमा जितहार जे भएपनि माडी आउने गरिरहनुभएको बताउँदै उहाँले माडीमा राप्रपा बलियो शक्तिका रुपमा रहेको जिकिर गर्नुभयो ।
विज्ञापन ३