आइतबार, मङि्सर २३, २०८१
आइतबार, मङि्सर २३, २०८१

देश-प्रदेश खबर पोष्ट

माडीमा कालोपत्रे गर्दा कमजोरी रहेको स्वीकार्दै ठेकदार कम्पनीले कालोपत्रे मर्मत गर्ने प्रतिबद्धता

  • A
  • A+
  • A++

माडी, चितवन । माडी-३, गुल्मेली टोलमा कालोपत्रे गर्दा केहि कमजोरी रहनगएको स्वीकार्दै ठेकदार कम्पनी बिराज एण्ड ब्रदर्श कन्स्ट्रक्सनले कालोपत्रे मर्मत गर्ने प्रतिबद्धता जनाएको छ ।

विज्ञापन १

पूर्वी चितवनको खैरहनी नगरपलिका-६, पर्सा बजारस्थित सो निर्माण कम्पनीले ठेक्का पाई सो कालोपत्रे गरेकोमा ‘रातको समयमा काम हुँदा केहि कमजोरी रहनगएको’ कम्पनीका सञ्चालक (ठेकदार) राजु सडौलाले स्वीकार्नुभयो ।

विज्ञापन २

‘गुणस्तरहीन कालोपत्रे भएको’ भन्ने स्थानीयबासीहरुको गुनासो सहित स्वदेशपोष्टबाट समाचार प्रकाशन र प्रशारण भएसंगै स्वदेश न्यूज डेस्कको सम्पर्क आउनुभई ठेकदार सडौलाले आफू अस्फाल्ट प्लाण्टमा जान लागेको र ईञ्जिनियरहरुसहित आएर दुई दिनभित्र कालोपत्रे मर्मत गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

विज्ञापन ३

यसअघि, शुक्रबार मध्यरातसम्म गरिएको ‘कालोपत्रे गुणस्तरहीन रहेको’ भन्दै स्थानीय टोलबासीले आपत्ति जनाएका थिए । कालोपत्रे गरेको स्थानमा अलकत्रा सहितको गिट्टी (अस्फाल्ट कंक्रिट) बुर्बुर उप्किरहेको देखाउँदै स्थानीयबासीले ‘झारा टार्नेगरी न्यून गुणस्तरको कालोपत्रे भएको’ भनी बिरोध गरेका थिए ।

निर्माण व्यवसायी सडौलाको कम्पनीले माडीका गरेका अन्य कालोपत्रे कार्यहरु पनि विवादमुक्त भने छैन । माडी-७, गोपालनगरमा समेत गुणस्तरहीन कालोपत्रे भएको भन्दै स्थानीयबासीहरुले बिरोध गरेका थिए । सघन शहरी तथा भवन निर्माण आयोजनाको बजेटबाट सडौलाको कम्पनीले माडीका आधा दर्जन बढी स्थानमा कालोपत्रे गरिरहेको हो ।

तपाईको प्रतिक्रिया