माडी, चितवन । श्रीमान सम्पर्क विहीन भएको भन्दै माडीका एक महिलाले खोजी गरिदिन अनुरोध गरेकी छिन् । माडी नगरपालिका-३, बैराठ गाउँ निवासी सरस्वती महतोले आफ्ना श्रीमान हिरा मगरलाई पारिवारिक सम्पर्कमा आउन भावुक अनुरोध गर्नुभएको हो ।
श्रीमान विदेशमा रहँदा अर्का एक विवाहित (छोराबुहारी र नातीनातिना समेत भएकी) महिलासंग टिकटक लाइभ र भिडियो च्याट गर्ने र आफू तथा छोराछोरीलाई वास्ता नगर्ने गरेको उहाँको भनाई छ । श्रीमानले उनै महिलालाई बिहे गर्न चाहेको र आफू तथा छोराछोरीलाई नहेर्ने गरेको उहाँले रुदैं बताउनुभयो । श्रीमानलाई घर फर्किएर ऋण तिर्न, व्यवहार मिलाउन र छोराछोरीलाई ध्यान दिन उहाँले अनुरोध गर्नुभयो ।
— — —
(पुनश्चः सरस्वती करीब ७ महिनादेखि बारम्बार स्वदेशको कार्यालयमा आउनुभई गर्नुभएको अनुरोध बमोजिम उहाँका श्रीमानलाई सम्झाउन अन्य धेरै प्रयासहरू समेत गरी तत्कालका लागि पु्रै अन्तरवार्ताको छाटो क्लिप्स यहाँ प्रकाशित छ । यथासक्य सेयर गरी यो सन्देश हिरा मगरसम्म पुरयाईदिन अनुरोध गर्दछौं ।)