आइतबार, मङि्सर २३, २०८१
आइतबार, मङि्सर २३, २०८१

माडी (स्थानीय) खबर पोष्ट

माडीको हनुमानझुलामा सीपमुलक चर्खा तालिम सञ्चालित, १५ जना महिलाहरू लाभान्वित

  • A
  • A+
  • A++

माडी, चितवन । माडीको हनुमानझुलामा ज्योति सामुदायिक विकास सेवा नेपालको आयोजना र माडी नगरपालिकाको सहयोगमा माडीको हनुमानझुलामा सीपमुलक चर्खा तालिम सञ्चालन सुरु भएको छ ।

विज्ञापन १

भालुखोला (अविष्मरणीय टोल) भनिने हनुमानझुलाको प्लट नं. ६ मा सो एकहप्ते तालिम सञ्चालन सुरु भएको हो । तालिममा टोलमा रहेका १५ जना महिलाहरु सहभागी रहेका छन् । माडी नगरपालिकाले गतबर्ष ५० हजार रुपैंया बजेटमा उपलब्ध गराएको चर्खालाई उपयोग हुनेगरी तालिम सञ्चालन भएको स्थानीय युवा विशाल लोप्चनले बताउनुभयो ।

विज्ञापन २

ज्योति सामुदायिक विकास सेवा नेपालले हनुमानझुला क्षेत्रमा आयआर्जन विकासका निम्ति विभिन्न कार्यक्रम सहितकको परियोजना सञ्चालन गरिरहेको छ । यसअघि सो संस्थाले हनुमानझुलामा बाख्रापालन, तरकारी खेती लगायतका तालिम सञ्चालन गरेको थियो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया