आइतबार, मङि्सर २३, २०८१
आइतबार, मङि्सर २३, २०८१

माडी (स्थानीय) खबर पोष्ट

फूलबारी आमा समूहले बैकुण्ठधाम जाने सडक स्वच्छताका लागि ३० वटा रंगिन डोको प्रदान

  • A
  • A+
  • A++

माडी, चितवन । माडी-८, दक्षिण अयोध्यापुरीस्थित फूलबारी आमा समूहले बैकुण्ठधाम जाने सडक स्वच्छताका लागि ३० वटा रंगिन डोको प्रदान गरेको छ ।

विज्ञापन १

समूहले विहीबार बैकुण्ठ पूजा तथा मेला व्यवस्थापन समितिलाई फोहोर संकलनमा उपयोग हुने डोकोहरु प्रदान गरेको हो । समूहका सुजिता पाण्डे र सचिव सोमा पन्तले मेला समितिका अध्यक्ष राजकुमार परियारलाई डोको हस्तान्तरण गर्नुभएको हो । समूहले गत तिहारमा देउसी भैलो कार्यक्रम सञ्चालन गरी डोको लगायत स्वच्छताका सामग्रीहरु व्यवस्थापन गरेको हो ।

विज्ञापन २

हस्तान्तरिक डोकोहरु बैकुण्ठ धाम र बैकुण्ठ ताल वरपर साथै बैकुण्ठ क्षेत्र पुग्ने सडकको छेउमा राखिने अध्यक्ष परियारले बताउनुभयो । यसबर्षको बैकुण्ठ मेलालाई भव्य र व्यवस्थित बनाउन साथै मेलापछि पनि बैकुण्ठ क्षेत्रको स्वच्छतामा डोकोहरु सहयोगी रहने भन्दै उहाँले आमा समूहलाई धन्यवाद व्यक्त गर्नुभयो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया