मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

माडी (स्थानीय) खबर पोष्ट

बिजुली अवरुद्ध रहँदा माडी नगर क्षेत्रमा नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध

  • A
  • A+
  • A++

माडी, चितवन । बिजुली अवरुद्ध रहँदा माडी नगर क्षेत्रमा नेपाल टेलिकमको मोबाइल सेवा पनि अवरुद्ध रहेको छ । मुख्यतः माडीको मुख्य व्यवसायिक र प्रशासनीक केन्द्र मानिने बसन्तपुर बजार र वरपरका क्षेत्रहरुमा नेपाल टेलिकमको मोबाइल नेटवर्क (सेवा)संगै एफ.टि.टि.एच. इन्टरनेट र ल्याण्ड लाइन टेलिफोन सेवा अवरुद्ध रहने गरेको हो ।

विज्ञापन १

बसन्तपुर बजारस्थित एनटिसी टावरमा बैंकल्पिक बिजुली व्यवस्थापन नहुँदा कारणवश बिजुली अवरुद्ध भएको केहि मिनेटमै मोबाइल सेवा अवरुद्ध हुनेगरेको स्थानीय उपभोक्ताहरु बताउँछन् । यसबारे पटक पटक टेलिकमको भरतपुर कार्यालयसमक्ष गुनासो गरिएपनि समस्या समाधान हुनसकेको छैन ।

विज्ञापन २

माडी क्षेत्रमै निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुको सेवा र नीजि क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेनको नेटवर्क भने चालू अवस्थामा रहेको छ । निजी लगानीका आई.एस.पी. (इन्टरनेट सेवा प्रदायक)हरुले जेनेरेटर चलाएरै भएपनि सेवा सुचारु राख्ने प्रयास गरिरहेका हुन् ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया