माडी, चितवन । निकुञ्जभित्र बिग्रिइरहने केबुलको सट्टा बैंकल्पिक केबुल बिछ्याउन गरिएको ठेक्का रद्द भएसंगै माडीको बिजुली भविष्यप्रति स्थानीयले निराशा व्यक्त गरेका छन् ।
![](https://i0.wp.com/swadeshpost.com/wp-content/uploads/2024/10/central.gif?resize=1200%2C138&ssl=1)
निकुञ्जभित्र पटक पटक केबुल फल्ट भइरहेसंगै नेपाल विध्युत प्राधिकरणले पुरक वातावरणीय प्रभाव मुल्यांकन पश्चात बोलपत्र प्रकाशन गरी ठेक्का सम्झौता गरेको थियो । तर सो कार्यमा वन तथा वातावरण मन्त्रालयले राष्ट्रसंघीय निकाय युनेश्कोको अनुमतीका लागि पत्राचार गरेसंगै त्यहाँबाट सहमती पाउन ढिलाई हुनजाँदा बाध्यतावश ठेक्का रद्द गर्नुपरेको प्राधिकरणले जनाएको हो ।
![](https://i0.wp.com/narayanionline.com/wp-content/uploads/2024/12/5x33-cm-for-Paper-copy-1-1536x232.jpg?resize=1536%2C232&ssl=1)
करीब २० करोड रुपैंया लागतको सो परियोजना रोकिन पुगेसंगै माडी क्षेत्रको दीर्घकालिन बिजुली व्यवस्थापनमाथि आशंका र प्रश्न मडारिएको छ । यस्तोमा, हालै केबुल पड्किएर बिजुली अवरुद्ध हुँदा माडीमा जनजीवन प्रभावित हुनुका साथै स्थानीयले निराशा व्यक्त गरेका हुन् । यसअघि दर्जनौं पटक केबुल बिग्रँदा पटक पटक काट्दै जोडनुपरेको भूमिगत केबुलको गुणस्तरमा माडीबासीहरु निरन्तर प्रश्न उठाउने गर्दछन् ।
![](https://i0.wp.com/swadeshpost.com/wp-content/uploads/2024/10/Watashino-Ad-Long-1.jpg?resize=1000%2C120&ssl=1)