मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

चितवन खबर पोष्ट

माडीमा महिला, शान्ति र सुरक्षा सम्बन्धी राष्ट्रसंघीय निर्णय कार्यान्वयन सम्बन्धी अन्तर्क्रिया सम्पन्न्

  • A
  • A+
  • A++

माडी, चितवन । माडी नगरपालिकामा महिला, शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदकाे निर्णय कार्यान्वयन सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

विज्ञापन १

माडी नगरपालिकाकाे आयोजना र आदर्श नारी बिकास केन्द्र चितवनको सहकार्यमा “हामी सबैको प्रतिबद्धता : लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता” भन्ने नारा सहित सुरु भएको लैंगिक हिंसा विरुद्धकाे १६ दिने अभियानको अवसरमा साे कार्यक्रम माडी नगरपालिकाकाे सभाहलमा सञ्चालन भएको हो ।

विज्ञापन २

कार्यक्रममा माडी नगरपालिकामा भएका लैंगिक हिंसा र न्यूनीकरणको विषयमा महिला अधिकारका क्षेत्रमा काम गर्दै आएका संघसंस्था तथा सरोकारवाला व्यक्तित्वहरूसँग महिला शान्ति सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद प्रस्ताव नं १३२५ र १८२० कार्यान्वयन सम्बन्धी दोश्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि अन्तर्क्रिया कार्यक्रम गरिएको संस्थाले जनाएको छ ।

विज्ञापन ३

कार्यक्रममा माडी नगरपालिका प्रमुख तारा काजी महतो, प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पाैडेल, आदर्श संस्थाका अध्यक्ष उसा खरेल सुबेदी लगायत सुरक्षा संयन्त्र, विभिन्न संघसंस्था र अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया