माडी, चितवन । विवाह पञ्चमी पर्वको अवसरमा माडी-९, अयोध्याधाममा विवाह उत्सव सहित पूजाअर्चना र भजनकीर्नन सञ्चालन भएको छ ।
विज्ञापन १
पर्वको अवसर पारी अयोध्याधाम पूजा व्यवस्थापन समितिको आह्वानमा पञ्जेबाजा सहितको विवाह उत्सव र भजनकीर्तन गरिएको हो । उत्सवमा दुरा सामुदायिक होमस्टे र माडी कला साहित्य एवं साँस्कृतिक मञ्चसंगै स्याउलीबास, दक्षिण अयोध्यापुरी र गणेशकुञ्जको भजन समूहको प्रस्तुति रहेको थियो ।
विज्ञापन २
जनकपुरका राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबीच त्रेता युगमा भएको भनिएको बिहेको सम्झना स्वरुप विवाह उत्सव मनाउने प्रचलन छ । माडीमा अयोध्याधाम राम मन्दिर निर्माण अगाडि बढेसंगै धुमधामपूर्वक विवाह पञ्चमी मनाउन थालिएको हो ।
विज्ञापन ३