मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

चितवन खबर पोष्ट

माडीको गोविन्दबस्तीमा सञ्चालित लायन्स स्वास्थ्य शिविरमा ४२७ जनाको स्वास्थ्य परीक्षण

  • A
  • A+
  • A++

माडी, चितवन । माडी-९, गोविन्दबस्तीमा सञ्चालित बृहत् निःशुल्क स्वास्थ्य तथा आँखा जाँच शिविरमा ४२७ जनाको स्वास्थ्य परीक्षण भएको छ ।

विज्ञापन १

शिविरमा १२० जनामा इको स्क्रीनिङ, ७९ जनाको ई.सि.जी. र ६५ जनाको यु.एस.जी.का साथै निःशुल्क औषधी र चस्मा वितरण गरिएको हो । लायन्स क्लब अन्तराष्ट्र्रिय डिष्ट्रिक ३२५ आर नेपाल, क्लष्टर ५ अन्तरगतका ३० वटा चितौने लायन्स क्लबहरुको संयुक्त आयोजनामा आधारभुत विद्यालय गोविन्दबस्तीमा सो शिविर सञ्चालन भएको थियो ।

विज्ञापन २

माडी नगरपालिका वडा नं. ९ कार्यालय र आधारभुत विद्यालय गोबिन्दबस्तीले सहकार्य गरेको शिविरमा चितवन मेडिकल कलेज भरतपुरका साथै भरतपुर आँखा अस्पतालका विशेषज्ञ डक्टर र स्वास्थ्यकर्मीहरुले उपचार सेवा प्रदान गरेको कार्यक्रम संयोजक लायन अमृत काफ्लेले जानकारी दिनुभयो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया