मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

चितवन खबर पोष्ट

नेपाल भारत मैत्री संगठनको जिल्ला कार्यसमितिको अध्यक्षमा तेजेन्द्र प्रसाद पौडेल चयन

  • A
  • A+
  • A++

नेपाल भारत मैत्री संगठनको जिल्ला कार्यसमितिको अध्यक्षमा तेजेन्द्र प्रसाद पौडेल चयन हुनुभएको छ । भरतपुर ९ शरदपुरस्थित त्रिपुरेश्वर शिवालय मन्दिरमा आज भएको सो समितिको भेलाले अध्यक्षमा पौडेललाई सर्वसम्मतले चयन गरेको हो ।

विज्ञापन १

यसैगरी उपाध्यक्षमा कल्पना पौडेल खड्का र बाबुराम गैरे सचिबमा राजकुमार लामिछाने यसैगरी सहसचिवमा दिनेश प्रसाद बडु कोषाध्यक्षमा चन्दना कोइराला र सदस्यहरुमा अजित अधिकारी, खोतराज घिमिरे र बिष्णु प्रसाद कंडेल सहित पछि थप हुनेगरी १५ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

विज्ञापन २

नेपाली र भारतीय जनताबीच सुमधुर सम्बन्ध बिस्तार, मैत्रीभावको बिकास, सांस्कृतिक आदानप्रदान, धार्मिक पर्यटनको सम्भाव्यता अध्यन र बिस्तार, शिक्षा संस्कृति र व्यापार सहित उद्यम क्षेत्रमा सहकार्यका लागि नागरिकस्तरबाट गरिने योगदान आदिको बिकास गराउनका लागि पहिलोपटक जिल्लामा कार्यसमिति निर्माण गरिएको अन्तर्राष्ट्रिय समितिका अध्यक्ष अनुप कुमारले जानकारी दिनुभयो । चितवनमा बनेको पहिलो कार्यसमितिले आगामी कार्ययोजना निणर्य र प्रस्ताव छिट्टै घोषणा गर्ने समितिका नवनिर्वाचित अध्यक्ष तेजेन्द्र प्रसाद पौडेलले जानकारी दिनुभयो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया