मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

अपराध खबर पोष्ट

माडीको बसन्तपुरस्थित उत्तम सुनचाँदी पसलमा तेश्रोपटक चोरी, प्रहरीको ड्युटीमा प्रश्नचिन्ह

  • A
  • A+
  • A++

माडी, चितवन । माडीको बसन्तपुरस्थित एक सुनचाँदी पसलमा गएराती चोरी भएको छ । बसन्तपुर बजारको दिवाकर चोक र शहीद चोकको बिचमा रहेको उत्तम सुनचाँदी पसलमा चोरी भएको हो ।

विज्ञापन १

पसल सञ्चालनमा रहेको (माडी मा.वि.को भवनको) पछाडीपट्टीको भागबाट जस्तापाताको छाना उप्काई त्यसमुनी रहेको प्लाइउडको फल्स सिलिङ फुटालेर पसलभित्र चोर प्रवेश गरी सुरुमा बिजुली बत्ती (साथमा सि.सि.टि.भी.) बन्द गरी चोरी गरेको बुझ्न सकिन्छ ।

विज्ञापन २

चोरले करीब ६० तोला चाँदी चोरी गरेको प्रारम्भिक आँकलन छ । यसअघि पनि सो पसलमा २ पटक चोरी भइसकेकोमा यसपटक तेश्रोपटक चोरी भएको पसलधनी सुनचाँदी व्यवसायी शिवलाल सुनारले बताउनुभयो । पसलमा पटक पटक चोरी भइरहेसंगै आफूहरुलाई व्यवसाय गर्नै गाह्रो भइसकेको उहाँको भनाई छ ।

विज्ञापन ३

ईलाका प्रहरी कार्यालय, माडीले बसन्तपुर बजारमा हरेक रातको समयमा दुई सिफ्टमा सुरक्षा ड्युटी गर्ने गरेको भएपनि मुख्य बजार क्षेत्रमै रहेको पसलमा चोरी हुनु दुःखद् र सुरक्षाकर्मीको लापरवाहीको द्योतक भएको स्थानियबासीहरुले बताएका छन् । यसअघि बसन्तपुर बजारमै रहेको माडी आयल स्टोर्स (पेट्रोल पम्प)मा ढोका फुटाई नगद पैसा चोरी भएको थियो । तर प्रहरीले हालसम्म चोर पक्रन भने सकेको छैन ।

तपाईको प्रतिक्रिया