माडी, चितवन । ब्लड क्यान्सर पीडित कलाकार एवं शिक्षक भुपराज पाठकको उपचार सहयोग अभियान तीब्रताका साथ अगाडि बढेको छ । अभियान अन्तरगत माडी नगरपालिका वडा नं. ४, खैरहनी निवासी (हाल कृति फोटो स्टुडियोका सञ्चालक) कृष्ण न्यौपाने र जमुना भुसाल दम्पत्तीले २० हजार रुपैंया सहयोग गर्नुभएको छ ।
![](https://i0.wp.com/swadeshpost.com/wp-content/uploads/2024/10/central.gif?resize=1200%2C138&ssl=1)
त्यसैगरी, माडी नगरपालिका-४, खैरहनी (हाल भरतपुर) निवासी रक्तदान अभियन्ता एवं युवा समाजसेवी हरिप्रसाद न्यौपानेले १० हजार पाँच रुपैंया र सोही स्थान निवासी युवा व्यवसायी माधव प्रसाद तिवारीले १० हजार दश रुपैंया सहयोग पठाउनुभएको छ ।
![](https://i0.wp.com/narayanionline.com/wp-content/uploads/2024/12/5x33-cm-for-Paper-copy-1-1536x232.jpg?resize=1536%2C232&ssl=1)
तीनैजना सहयोगदाताहरुले मोबाइल बैंकिङमार्फत क्यान्सर पीडित पाठककै बैंक खातामा रकम जम्मा गरिदिनुभएको हो । उपचार सहयोग संकलन अभियानका सक्रिय अभियानकर्ता समेत रहनुभएका दातात्रयले यस अभियानमा सरिक हुन सबैमा अनुरोध समेत गर्नुभएको छ ।
![](https://i0.wp.com/swadeshpost.com/wp-content/uploads/2024/10/Watashino-Ad-Long-1.jpg?resize=1000%2C120&ssl=1)
यसैबिच, क्यान्सर उपचारका निम्ति पाठक भोलि (सोमबार) बिहान १० बजे विमानमार्फत नयाँ दिल्ली जाँदै हुनुहुन्छ । उहाँको उपचार सहयोगार्थ भुपराज पाठक उपचार अभियान सञ्चालन सुरु भई हाल स्वदेश र प्रवासमा रकम संकलनको क्रम अगाडि बढेको छ ।