धर्म-संस्कृति पोष्ट

सनातन साँस्कृतिक सम्पदा संरक्षण संघ माडी नगर समिति अध्यक्षमा मथुरा भण्डारी चयन

चितवन । सनातन साँस्कृतिक सम्पदा संरक्षण संघ माडी नगर समिति अध्यक्षमा मथुरा बहादुर भण्डारी चयन हुनुभएको छ । माडी-३ बसन्तपुरस्थित गुप्तेश्वर शिवालय मन्दिर परिसरमा सम्पन्न नगर भेलाबाट भण्डारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो । नवगठित समितिको उपाध्यक्षमा पिताम्बर पोख्रेल, सचिवमा गंगा भुसाल, सह-सचिवमा राजकुमार परियार र कोषाध्यक्षमा हिरा सापकोटा रहनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा जीवन गुराङ, गुरुदत्त गुरागाईं, निलम श्रेष्ठ, पार्वती महतो, रमाकान्त सापकोटा, देवी भण्डारी, नरपती सुवेदी र कुस्माखर चापागाईं चुनिनु भएको छ । त्यस्तै लक्ष्मीप्रसाद पराजुली संयोजक र सदस्यहरु रामजी सापकोटा र सुदर्शन सुवेदी रहनुभएको सल्लाहकार समिति समेत गठन भएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार