मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

प्रवास खबर पोष्ट

रक्तक्यान्सर पीडित पाठकको उपचार सहयोगका लागि ‘गो फन्ड मी’ मार्फत आर्थिक सहयोग गर्न मिल्ने

  • A
  • A+
  • A++

माडी, चितवन । रक्तक्यान्सर पीडित भई हाल भारतको नयाँदिल्लीस्थित राजीव गन्धी अस्पतालमा उपचाररत भुपराज पाठकको उपचार सहयोगका लागि ‘गो फन्ड मी’ मार्फत आर्थिक सहयोग गर्न मिल्ने भएको छ ।

विज्ञापन १

अमेरिकामा सुचना प्रविधि क्षेत्रमा कार्यरत एवं पाठकलाई ५०० अमेरिकी डलर (नेपाली ६६ हजार ३२० रुपैंया) सहयोग समेत गर्नुभएका ईन्द्र शाक्यले गो फण्ड मी प्लेटफर्ममा भूपराज पाठक उपचार सहयोग पेज सिर्जना गरी सो अभियान अगाडि बढाउनुभएको हो ।

विज्ञापन २

कूल १० हजार डलर (करीब १३ लाख ५६ हजार रुपैंया) संकलनको लक्ष्यसहित पोष्ट गरिएको सो गो फण्ड मी पेजमार्फत (यो समाचार तयार पार्दासम्म) १ हजार ९६६ डलर (करीब २ लाख ६६ हजार रुपैंया) संकलित भइसकेको छ । विश्वभर रहेका दाताहरुले पहिचान खुलाएर वा नखुलाई पनि यसमार्फत डोनेशन (सहयोग) गर्न सक्दछन् ।

विज्ञापन ३

शिक्षक, सञ्चारकर्मी र कलाकार समेत रहनुभएका रक्तक्यान्सर पीडित पाठकलाई दक्षिण एसियाकै चर्चित ब्लड क्यान्सर विशेषज्ञ डा. दिनेश भुरानीले उपचार सुरु गर्नुभएको छ । करीब ५० लाख खर्च लाग्ने सो उपचारका लागि माडीसंगै देशैभर र प्रवासका विभिन्न स्थानमा हाल उपचार सहयोग अभियान चलिरहेको छ ।

तपाईको प्रतिक्रिया