चितवन खबर पोष्ट

भूपराज पाठकको उपचार सहयोगका निम्ति माडी-४का स्थानीयबासीले घरदैलो अभियान चलाउँदै

माडी, चितवन । ब्लड क्यान्सर पीडित भई भारतको नयाँ दिल्लीमा उपचार गराइरहनुभएका वडाबासी भूपराज पाठकको उपचार सहयोगका निम्ति पाठक निवास रहेको माडी-४का स्थानीयले घरदैलो अभियान चलाएका छन् ।

वडामा रहेका ९ वटै टोल विकास संस्था र वडाका जनप्रतिनिधिहरुले मंगलबार र बुधबार वडाका विभिन्न टोलमा घरदैलो अभियान चलाएकोमा २ लाख १४ हजार ८५५ रुपैंया संकलन भएको छ । अझै २ वटा टोलमा घरदैलो गर्न बाँकी रहेको टोलका अगुवा तुलसी चापागाईंले जनाउनुभयो ।

दिल्लीस्थित राजीब गान्धी हस्पिटलमा उपचार गराइरहनुभएका पाठकलाई दक्षिण एसियाकै चर्चित ब्लड क्यान्सर विशेषज्ञ डा. दिनेश भुरानीले उपचार सुरु गर्नुभएको हो । करीब ५० लाख खर्च लाग्ने सो उपचारका लागि माडीसंगै देशैभर र प्रवासका विभिन्न स्थानमा हाल उपचार सहयोग अभियान चलिरहेको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार