मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

स्वदेशपोष्ट विशेष

मिराकल गार्डेनले सिधुवा तोरीबारीमा चरनका लागि राखेको मौरीको घारमा तोडफोड र आगजनी

  • A
  • A+
  • A++

माडी, चितवन । माडी-६, स्याउलीबासस्थित मिराकल गार्डेन (प्रा.) लि.ले माडीकै सिधुवा गाउँको तोरीबारी फाँटमा चरनका लागि राखेको मौरीको घारमा तोडफोड र आगजनी भएको छ ।

विज्ञापन १

मौरीले टोकेको भन्दै स्थानीय एक पुरुषले मंगलबार साँझ घारहरु तोडफोड गरी आजगनी गरेका हुन् । चरनका लागि १५ घार सुपर सहित २९ गोला मौरी सो स्थानमा राखिएकोमा सबैजसो गोलाहरुमा तोडफोड हुनुका साथै केहि घारहरु सहित मह काढ्ने यन्त्रहरुमा आगजनी भएको हो ।

विज्ञापन २

तोडफोड र आगजनीबाट करीब ५ लाख रुपैंयाको क्षती भएको मौरीपालक कृषक दामोदर देवकोटाले बताउनुभयो । मौरीको घारमा पुगेको क्षतीबाट आफू विक्षिप्त भएको भन्दै उहाँले माडीप्रति नै नैराश्यता व्यक्त पनि गर्नुभयो । सो स्थानमा मंगलबार (आज) दिउँसो मह काढिएको थियो । घटनास्थल पुगेको माडी प्रहरीले मौरीको गोलामा तोडफोड र आगजनी गर्ने पुरुषको पहिचान भइसकेको बताएको छ ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया