चितवन खबर पोष्ट

चितवन राष्ट्रिय निकुञ्जभित्र घाँस काट्ने, माछा मार्ने र निउरो टिप्ने ६५ जना कारवाहीमा

माडी, चितवन । निकुञ्ज प्रशासनले निकुञ्जभित्र घाँस काटेको, माछा मारेको र निउरो टिपेको भन्दै करीब ४५ दिनको अन्तरालमा ६५ जनालाई पक्राउ गरेको छ ।

बिनाअनुमति निकुञ्ज प्रवेश गरी घाँस दाउरा काट्ने ३०, माछा मार्ने २३ र निउरो टिप्ने ८ जनालाई निकुञ्जले पक्राउ गरेको हो । यसैगरी बाघसँग सम्बन्धित कसुरमा एकजना, परेवा मार्ने एकजना र अनुमतिबिना बँदेल पाल्ने दुईजनालाई कारवाही गरिएको निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापामगरले बताउनुभयो ।

निकुञ्जभित्र अवैध गतिविधि नियन्त्रण कार्यअन्तर्गत निकुञ्जले गत कात्तिक १३ देखि हालसम्म विभिन्न कसुरमा ६५ जनालाई पक्राउ गरेको हो । निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको संरक्षणलाई प्रभावकारी रूपमा अगाडि बढाउन अभियान अन्तरगत निकुञ्जभित्र प्रवेश गर्ने तथा नियमविपरीत काम गर्ने व्यक्तिलाई पक्राउ गरी नियमानुसार कारबाही गरिएको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार