अपराध खबर पोष्ट

मौरी घारमा आगजनी र तोडफोड गरेको अभियोगमा माडीका एकजना युवक पक्राउ

माडी, चितवन । मिराकल गार्डेन (प्रा.) लि.को मौरी घारमा आगजनी र तोडफोड गरेको अभियोगमा एकजना युवक पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय माडीको टोलीले माडी-४, सिधुवा गाउँ निवासी बर्ष ४२ का तारालाल महतोलाई आगजनी र तोडफोडको अभियोगमा बुधबार बिहान पक्राउ गरेको हो । पक्राउ परेका महतोले अघिल्लो बर्ष श्रीमतीलाई र यसबर्ष आफूलाई मौरीले टोकेको भन्दै घटनामा संलग्नता स्वीकार गरेका छन् ।

प्रहरीले घटनाको मुचुल्का उठाई पक्राउ परेका महतोलाई आपराधिक उपद्रव मुद्दा चलाउन सिफारिस सहित जिल्ला प्रहरी कार्यालय भरतपुर चलान गरेको छ । महतोले सिधुवा गाउँको तोरीबारी फाँटमा चरनका लागि राखिएको मौरीको घारमा मंगलबार साँझ करीब ७ः१५ बजे तोडफोड र आगजनी गरेका थिए ।

चरनका लागि १५ घार सुपर सहित २९ गोला मौरी सो स्थानमा राखिएकोमा सबैजसो गोलाहरुमा तोडफोड हुनुका साथै केहि घारहरु सहित मह काढ्ने यन्त्रहरुमा आगजनी हुँदा करीब ५ लाख रुपैंयाको क्षती भएको मौरीपालक कृषक दामोदर देवकोटाको आँकलन छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार