मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

चितवन खबर पोष्ट

माडी क्याम्पस बागमती (प्रदेश) विश्वविद्यालयको आंगिक क्याम्पस बन्दै, माडी नगरपालिकाले बुझायो पत्र

  • A
  • A+
  • A++

माडी, चितवन । माडी क्याम्पसलाई बागमती (प्रदेश) विश्वविद्यालयको आंगिक क्याम्पस बनाउने प्रक्रिया अन्तरगत माडी नगरपालिकाले औपचारिक पत्र बुझाएको छ ।

विज्ञापन १

माडी नगरप्रमुख ताराकुमारी काजी महतो र उपप्रमुख खेमप्रसाद महतोसहित माडीको एक प्रतिनिधिमण्डलले सोमबार हेटाैंडामा बागमती प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्‌गीसंग भेटसम्वाद गरी सो पत्र बुझाएको हो । त्यसक्रममा मन्त्री खड्‌गीले तोक लगाई बागमती विश्वविद्यालय बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष कुसुमराज सुवेदीलाई कार्यान्वयनका लागि अनुरोध गर्नुभयो ।

विज्ञापन २

भेटसम्वादमा नगरप्रमुख र उपप्रमुखसंगै माडी-६ का वडाध्यक्ष दीपेन्द्रराज पौडेल, क्याम्पस सञ्चालक समिति सदस्य एवं एमाले चितवनका नेता श्रीप्रसाद दवाडी, काँग्रेस नेता शोभाखर चापागाई, एमाले माडी नगर अध्यक्ष नारायण अधिकारी लगायतको सहभागिता रहेको थियो । आंगिक क्याम्पसका रुपमा माडी क्याम्पसले भौतिक निर्माण, अध्यापक र अन्य आर्थिक तथा भौतिक सहयोग समेत पाउने माडी नगरप्रमुख महतोले बताउनुभयो ।

विज्ञापन ३

बागमती विश्वविद्यालयबाट सम्बन्धन पाए आउँदो बर्ष भदौ महिनाबाट आंगिक क्याम्पसका रुपमा स्नातक तह सञ्चालन हुनसक्ने माडी क्याम्पस प्रमुख रामकृष्ण क्षेत्रीले बताउनुभयो । क्याम्पसलाई बागमती विश्वविद्यालयको आँगिक क्याम्पसका रुपमा सम्बन्धन लिन यसअघि क्याम्पस प्रशासन र व्यवस्थापनका तर्फबाट पटक पटक बैठक र छलफल भई हाल अन्तिम चरणमा रहेको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया