मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

माडी (स्थानीय) खबर पोष्ट

होटल व्यवसायी संघ माडीको अध्यक्षमा पाँचौं कार्यकालका लागि गोपाल श्रेष्ठ चयन

  • A
  • A+
  • A++

माडी, चितवन । होटल व्यवसायी संघ चितवन, माडी इकाईको अध्यक्षमा गोपाल श्रेष्ठ दोहोरिनुभएको छ ।

विज्ञापन १

बुधबार मितेरी पार्क (छरछरे)मा सम्पन्न इकाईको बाह्रौं साधारणसभा तथा छैठौं अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन भएको हो । माडी इकाईमा लगातार चार कार्यकाल नेतृत्व गरिसक्नुभएका श्रेष्ठको अब पाँचौं कार्यकाल रहनेछ ।

विज्ञापन २

समितिको उपाध्यक्षमा भारती न्यौपाने, सचिवमा जीवन महतो, सहसचिवमा कमला पाण्डे र कोषाध्यक्षमा घनश्याम लामिछाने चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा भरत मोक्तान, फाराम गुरुङ, ललिता श्रेष्ठ, मोहन भण्डारी, अविनाश चौधरी, राजा शाह र कृष्ण प्रसाद पोख्रेल चयन हुनुभएको छ ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया